सभामुख सापकोटाका स्वकीय सचीव र सु.प विश्वविद्यालयका प्रमुख बिच कुटाकुट, दुईओटा टाका लागे
काठमाडौं । मदिरा सेवन गरि प्रतिनिधीसभाका सभामुख अग्नि सापकोटाका स्वकीय सचीव नवराज ऐर र सुदूरपश्चिमाञ्च विश्वविद्यालयका प्रमुख भुपेन्द्र बिष्ट बिच कुटाकुट भएको प्रहरीले जनाएको छ ।
बुधवार राति भीमदत्त नगरपालिका ४ महेन्द्रनगरस्थित मेघा होटलमा प्रिन्सिपल बिष्ट र स्वकीय सचिव ऐर बिच कुटाकुट हुदा स्वकीय सचीव ऐरको कानमा चोटपटक लागि दुईओटा टाका लागेको र क्याम्पस प्रमुख बिष्टको हातको औलामा चोटपटक लागेको जिल्ला प्रहरी कार्यालय कंचनपुर प्रहरीले जनाएको छ ।
तर उनीहरु प्रहरीको सम्पर्कमा नरहेको जनाएको छ । उनीहरुविच के कति कारणले कुटाकुट भएको हो भन्ने जानकारी नभएको प्रहरीले जनाएको छ । तर रक्सीले मातिएको अवस्थामा सभामुखका स्वकीय सचिव ऐर र प्रिन्सिपल विष्टबीच झगडा भएको खुलेको भएपनि प्रहरीमा उजुरी आएको छैन ।












