कोरोनाका कारण स्थगित परीक्षाको त्रिविद्धारा तालिका सार्वजनिक
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसका कारण स्थगित परीक्षाको पुन परीक्षा तालिका सार्वजनिक गरेको छ । सूचना जारी गर्दै पुनः परीक्षा तालिका प्रकाशितको जानकारी गराएको हो । सूचनामा भनिएको छ ।
त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुद्धारा सेमेष्टर परीक्षा प्रणाली अनुसार सञ्चालन गरिने चार बर्षे स्नातक तह ब्याचलर अफ म्याथम्याटिकल साइन्स विषय तेश्रो बर्ष पाँचौ शत्र २०७४ समूह भन्दा अगाडीका समूहको आंशिक परीक्षा विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण मिति २०७६ चैत्र ६ गते प्रकाशित सूचना अनुसार स्थगित भएकोमा सो शत्रको परीक्षा निम्न लिखित परीक्षा तालिका अनुसार सञ्चालन हुने भएकाले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।













