नेप्से ४.२२ अंकले बढेर ३ अर्ब ६९ करोड रुपैयाँ भन्दा बढीको कारोबार - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

नेप्से ४.२२ अंकले बढेर ३ अर्ब ६९ करोड रुपैयाँ भन्दा बढीको कारोबार



काठमाडौं । सोमबार नेप्से ४.२२ अंकले बढेर १,६५२.८० अंक कायम भएको छ । सोमबार बैंकिङ् क्षेत्र, होटल, विकास बैंक, हाईड्रोपावर जीवन बीमा र म्युचुअल फन्ड बाहेक अरु सबै क्षेत्रको उपसूचकमा हरीयाली छाएको छ ।

दिनभरिमा १९५ कम्पनीको १ करोड ३५ हजार ३ सय १३ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ६९ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको ५५ करोड १ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । त्यस्तै, नेपाल टेलिकमको १३ करोड ७४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्