नवनियुक्त ब्राेकरका पदाधिकारीलाई बधाई दिँदै धिताेपत्र बाेर्ड अध्यक्ष ढुङ्गानाले भने 'टिएमएस प्रभावकारी बनाउ' - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

नवनियुक्त ब्राेकरका पदाधिकारीलाई बधाई दिँदै धिताेपत्र बाेर्ड अध्यक्ष ढुङ्गानाले भने ‘टिएमएस प्रभावकारी बनाउ’



काठमाडौं । आइतवार नवनिर्वाचित स्टक ब्रोकर एशोसिएशनका पदाधिकारीसँगको भेटमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले धितोपत्र दलाल व्यवसायी (ब्रोकर) हरुलाई ट्रेड म्यानेजमेण्ट सिष्टम (टिएमएस) लाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

लगानीकर्ताहरुको चर्को मागको रुपमा रहेको ब्रोकर कमिशनका सम्बन्धमा अध्ययन भइसकेको उनले बताएका छन् । अव यसलाई सरोकारवाला पक्षहरुसँग छलफल गरी अन्तिम रुप दिने उनले बताएका छन् ।

त्यस्तै उनले धितोपत्र बजारको प्रतिष्ठा बढाउनमा ब्रोकरहरुको विशेष भूमिका रहेकोले टिएमएसमा बैंक इन्टिग्रेशनको कार्य चाडै सम्पन्न गरी अन्तराष्ट्रिय स्तरको लगानीमैत्री बजार बनाउन आवश्यक रहेको बताएका छन् ।

दोस्रो बजारको दायरा बढिरहेको अवस्थामा जोखिम व्यवस्थापन गर्दै लगानीकर्ताहरुलाई नयाँ उपकरण मार्फत लगानीको थप अवसर प्रदान गर्ने स्टक ब्रोकर एशोसिएशन अफ नेपालका नवनियुक्त अध्यक्ष सन्तोष मैनालीले बताए । उनले टिएमएस र यसमा निहित जोखिम व्यवस्थापनका लागि छ्ट्टै संरचना र नीति ल्याई धितोपत्रको दोस्रो बजार कारोबारलाई व्यवस्थित बनाउनुपर्ने समेत बताए ।


प्रतिक्रिया दिनुहोस्