१ कार्तिक २०८३, आइतबार

आरएसडीसी लघुवित्तको नाफा २३ प्रतिशतले बढ्यो, अन्य सूचकमा यस्तो देखियो



काठमाडौं । आरएसडीसी लघुवित्तको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २३.२८ प्रतिशतले बृद्धि भएको छ । यस अवधिमा लघुवित्तको नाफा २ करोड ८१ लाख रुपैयाँ सार्वजनिक वित्तीय विवरणमा उल्लेख गरिएको छ ।

कम्पनीको अघिल्लो आर्थिक बर्षमा २ करोड २८ लाख रुपैयाँ मात्रै नाफा आर्जन भएको थियो । त्यस्तै अघिल्लो आर्थिक वर्ष संस्थाले ३ करोड ८५ लाख रुपैयाँ मात्रै खुद ब्याज आम्दानी गरेको कम्पनीको खुद ब्याज आम्दानी १.६७ प्रतिशतले बढेर ३ करोड ९१ लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै कम्पनीको अघिल्लो वर्ष ३ करोड ५६ लाख रुपैयाँ रहेको संस्थाको संचालन नाफा यो वर्ष ३ करोड ३२ लाख रुपैयाँमा सीमित भएको छ । लघुवित्तको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ७५ पैसा र प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ १२ पैसा छ ।

त्यस्तै कम्पनीको चुक्ता पूँजी ६७ करोड १५ लाख रुपैयाँ, जगेडा कोषमा १७ करोड ५३ लाख रुपैयाँ सञ्चित छ । गत आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तको चुक्ता पूँजी ६३ करोड ३५ लाख रुपैयाँ र जगेडा कोष ९ करोड ५ लाख रुपैयाँ थियो ।

लघुवित्तले २ अर्ब ६८ करोड ४८ लाख रुपैयाँ सापटीबाट २ अर्ब ६७ करोड ९५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २ अर्ब ५४ करोड ९० लाख रुपैयाँ सापटीबाट २ अर्ब ९६ करोड २८ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो ।