१ कार्तिक २०८३, आइतबार

समृद्धि फाइनान्सको प्रथम त्रैमासको वित्तीय विवरण यस्तो छ



काठमाडौं । समृद्धि फाइनान्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४७ लाख ४५ हजार रुपैयाँ खुद नाफा आमदानी गरेको छ । सोहि अवधिमा गत बर्ष फाइनान्सको नाफा १० लाख ११ हजार रुपैयाँ ऋणात्मक थियो ।

त्यस्तै, कम्पीको खुद ब्याज आम्दानी २७ लाख ३५ हजार रुपैयाँ ऋणात्मक रहेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा फाइनान्सको यस्तो आम्दानी १७ लाख ६४ हजार रुपैयाँ थियो ।

त्यस्तै कम्पनीको चुक्ता पूँजी १८ करोड १९ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २१ करोड ९८ लाख रुपैयाँ रहेको छ । त्यस्तै कम्पनीको शेयर प्रिमियममा १३ लाख ६० हजार रुपैयाँ सञ्चित छ भने रिटेन्ड अनिङ्ग २७ करोड ९५ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

त्यस्तै, गत आर्थिक वर्षको असोज मसान्तसम्ममा २२ लाख ३२ हजार रुपैयाँ ऋणात्मक रहेको फाइनान्सको सञ्चालन मुनाफा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ३७ लाख ४० हजार रुपैयाँ संचालन मुनाफा गरेको छ ।

कम्पनीले २४ करोड ८५ लाख रुपैयाँ निक्षेप संकलन गरी ६ करोड ६७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । सो अवधिसम्ममा फाइनान्सको वितरण योग्य मुनाफा ३६ लाख ८० हजार रुपैयाँ रहेको छ । फाइनान्सको प्रतिशेयर आम्दानी चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १० रुपैयाँ ४३ पैसा रहेको छ ।