बूढीगण्डकी आयोजनामा रू ४९ अर्ब ६९ करोड जम्मा, आयोजनालाइ गती दिनेःअर्थमन्त्री पौडेल
काठमाडौं । स्वदेशकै पूँजीले निर्माण भइरहेको १ हजार २ सय मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजनाको लागि हालसम्म रू ४९ अर्ब ६९ करोड रकम संकलन भएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताएका छन् ।
पहिलो पटक पौडेल अर्थमन्त्री बन्दा १ हजार २ सय मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजनाका लागि भनेर पेट्रोलियम पदार्थमा कर लगाइएको थियो ।
आयोजनाका लागि भनेर पैसा उठाउने तर योजना अगाडी बढ्न सकेको छैन् । उनी दोस्रो पटक अर्थमन्त्री बनेपछि अब आयोजनाले गती लिने विश्वास लिइएको छ ।
अर्थमन्त्री पौडेलका अनुसार स्वदेशकै पूँजीले बनाउने भनेर बूढीगण्डकी जलविद्युत् आयोजनाका सन्दर्भमा पेट्रोलियम पदार्थमा कर लगाइएको हो । यसबाट अहिलेसम्म रू ४९ अर्ब ६९ करोड रकम उठेको छ । यो आयोजनाको प्रभावित क्षेत्रका बासिन्दालाई मुआब्जा बाँड्ने काम भइरहेको छ ।
साथै विस्तृत आयोजना प्रतिवेदन र वातावरणीय अध्ययन प्रतिवेदन तयार भएको र हालको अवस्थामा कसरी अगाडि बढ्ने भन्ने सन्दर्भमा सरोकारवालारसँंग छलफल गरी ठोस निष्कर्षमा पुग्ने उनले बताए ।













