आईचर दुर्घटना हुदा नुवाकोटका तीन जनाको ज्यान गयो
काठमाडौं । काठमाडौंको कलंकीमा आज बिहानै रोकिराखेको आईचरले ट्रकलाई ठक्कर दिदा नुवाकोटका २ सहित ३ जनाको ज्यान गएको छ ।्ज्यान गुमाउनेमा नुवाकोटको तारकेश्वर गाउँपालिकाका २ जना र १ जना परिचय नखुलेको व्यतिmको ज्यान गएको प्रहरीले जनाएको छ ।
ज्यान गुमाउनेमा नुवाकोटका वर्ष २४ का रोशन तामाङ, नुवाकोटकै वर्ष ३७ का माधव घिमिरे र नुवाकोटका वर्ष २७ का भुपेन्द्र तामाङ रहेको प्रहरीले जनाएको छ ।
मकालु पेट्रोल पम्प छेउमा पार्किङ गरेर राखेको बा ३ ख ७५३० नम्बरको ट्रकलाई बा ५ ख ८८६५ नम्बरको आइचरले ठक्कर दिएको बताइएको छ ।
दुर्घटनामा घाइते भएका नुवाकोटका विजय तामाङको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।













