कामना सेवा बैंकको १४ औँ वार्षिकोत्सव सम्पन्न, अब्बल बैंक बनाउने यात्रा जारी
काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को विश्वव्यापी महामारी तथा यसको बढ्दो प्रभावलाई मध्यनजर गरी कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो १४ औं वार्षिकोत्सव डिजिटल प्रविधि मार्फत शुभकामना आदन प्रदान गरी सम्पन्न गरेको छ ।
बैंकका अध्यक्ष सुदिप आर्चायकोे अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सम्पूर्ण सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत नायव महाप्रबन्धक, क्षेत्रीय तथा विभागीय प्रमुखहरुले वार्षिक उत्सवकोे उपलक्ष्यमा शुभकामना आदन प्रदान गर्नु भएको छ ।
शुभकामनाको क्रममा बैंकका अध्यक्ष सुदिप आचार्यले बैंकको लामो यात्रामा महत्वपूर्ण सहयोग पु¥याउने नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्स्चेन्ज लि, सि. डि. एस. एन्ड क्ेिलयरिङ लि, बि. ओ. के क्यापिटल, कर्जा सुचना केन्द्र, पूर्व सञ्चालकहरु, कर्मचारी वर्ग, आमसञ्चार माध्यम, सहयोगी संघ संस्थाहरु तथा सम्पूर्ण शुभेच्छुकहरुप्रति हार्दिक आभार प्रकट गर्नु भएको छ ।
शुभकामना आदन प्रदान कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले कोभिड–१९ को कारण बैंक तथा वित्तीय संस्थाहरुमा पारेको प्रभाव र यस अवस्थामा बैंकले कर्मचारी तथा ग्राहकहरुको सुरक्षाको लागि अपनाएका विधि प्रक्रियाहरुको बारेमा प्रष्ट पार्नु भएको थियो । १३ वर्षको सुखद यात्रा पूरा गरी १४ औं वर्षतर्फ अग्रसर भईरहंदा सञ्चालक समिति, सम्पूर्ण कर्मचारी, शेयरधनीहरु, ग्राहकहरु, नियमनकारी निकाय लगायत अन्य सहयोगी संघसंस्थाहरु सबैमा हार्दिक बधाई तथा शुभकामना दिनु हुंदै अब्बल विकास बैंक बनाउने अनवरत यात्रामा सदाझैं सद्भाव र सहयोग रही रहने विश्वास र अपेक्षा समेत गर्नु भएको थियो ।
https://www.facebook.com/KamanaSewaBBL/videos/360070931749707










