दोस्रो बिवाह गर्दै हास्य कलाकार मनोज गजुरेल
काठमाडौं । हास्य कलाकार मनोज गजुरेलले दोस्रो बिवाह गर्ने भएका छन ।
उनले आफुले छिटै बिहे गर्न लागेको एक टेलिभिन कार्यक्रम मार्फत जनाएका छन । ‘चाँडै नै तपाईंहरुको शुभकामना, सुझाव, सल्लाह अनुसार मैले मेरो जीवनमा कोही साथी जोड्दै छु। हामी जोडिंदै छौं। अहिलेलाई यति मात्र भनौं’ उनले भनेका छन ।
दोस्रो बिवाह गर्र्ने बताए पनि उनले को सँग बिहे हुने गर्ने भन्ने बारे खुलाएका छैन्न ।कलाकार गजुरेल र मीना ढकालले ३ बर्ष अघि सहमतिमै सम्बन्ध विच्छेद गरका थिए ।
उनीहरु ३ वर्ष पहिले २२ वर्ष लामो बैवाहिक जीवनको अन्त्य गर्दै अलग अलग बस्दै आएका थिए । उनीहरुबाट एक छोरा र एक छोरी रहेका छन ।













