२५ भदौ २०८३, बिहिबार

सुन्दर जीवनका २५ मनछुने उखानहरु, काम लाग्न सक्छ कुनैवेला !



मन छुने भन्नुको अर्थ के हो ? पक्कै पनि मन छुने भन्नुको अर्थ यस्ता कुराहरू जसले हाम्रो भावना बुझेको प्रति हुन्छ । यहाँ त्यस्तै २५ उखानहरू राखिएको छ जसले हाम्रो तपाई हाम्रो जीवनमा परिवर्तन ल्याउन सक्छ । 

केही यस्ता व्यक्तित्वहरू आदर्शका कुराहरू गर्छन् र हामीलाई केही ज्ञान दिन्छन् । तपाईँलाई यी २५ मन छुने उखानले तपाईंको जीवनमा परिवर्तन ल्याउने छ । 

सुदूरपश्चिम प्रदेशको बझाङ्ग जिल्लाको थलारा गाउँपालिका वडा न. २ का पूर्व शिक्षक, समाजसेवी लाल बहादुर खड्काले भन्नुभएका उखानहरुलाई साभार गरेका छौँ । उहाँ लामो समयदेखि शिक्षण पेशामा नै रहेर बझाङ्गमा शिक्षाको ज्योति छर्न सफल हुनुहुन्छ । उहाँ ८१ बर्सको हुनुभएको छ । उहाँ आफू जुन ठाउँमा गएपनि ज्ञान दिने कार्य गर्नुहुन्छ । 

उहाँले भन्नु भएका उखानहरू यस प्रकार छन्ः

१. थोरै भन्नु, धेरै जान्नुः ( सानो कुरा भने पनि धेरै बुझ्नु)
२. बिना गुरु की, अनारी: (अध्याँरो) रातः ( गाउँमा शिक्षित व्यक्ति नहुनु ) 
३. आगो ताप्नु मुढाको, कुरा सुन्नु बुढाकोः ( अर्ति उपदेश सुनेर कार्य गर्नुपर्छ )
४. कुरा सुन्नु अरुको, बुद्धि गर्नु आफ्नोः ( सबैको कुरा सुनेर सही निर्णय लिनु ) 
५. मनको लड्डु, घिउसँग खानुः ( मनले सोचेको पुरा नहुनु )
६. लोभले लाभ, लाभले विलावः ( लोभ गरे भने नतिजा राम्रो हुँदैन् ) 
७. खाट हेरी पाउ तान्नु, घाँटी हेरी हाड निल्नुः ( क्षमता अनुसारको काम गर्नु ) 
८. १० पैसाको सुर्ति, २५ पैसा फुर्तिः ( सानो काम गरेर फुर्ति लगाउनु )
९. पाठकी कन्धनी, भाङ्ग्राको धोतीः ( राम्रो ठाउँमा नराम्रो )
१०. बाउ भन्दा छोरो जान्ने, खुकुरीभन्दा कर्ता हान्नेः ( धेरै बठ्याइँ नगर्नु )
११. बाघको छालामा, स्यालको रजाइँः ( ठूलाले गर्ने काममा सानाले फूर्ति लगाउने )
१२. आकाशको फल, आँखा तरी मरः ( असम्भव कुराको आशा गर्नु )  
१३. धान पाकेर झुलिन्छ, कोदो पाकेर ठडिन्छः ( गुणी मान्छे सबैले भनेको मान्छन् ) 
१४.  गुणी सबैको मुनी ( विद्धानलाइ सबैले सम्मान गर्छ ) 

१५. रातभरि करायो, दक्षिणा हरायोः ( अर्थहिन )
१६. मुर्खलाई अर्ति राम्रो लाग्दैन, रोगी औषधी मिठो लाग्दैनः ( विपरित गर्ने, उल्टो गर्ने )
१७. भोलि भोलि, उसको रितो झोलीः ( अल्छि ) 
१८. जस गाईको पुच्छ छैन, उसको नाम समरीः ( जसको बुद्धि छैन उसले लगाएको फुर्ति काम लाग्दैन ) 
१९.  कसैले तपाई भन वा नभन, म आफैँ मपाईँः ( घमण्ड )
२०. जो बोल्छ झुटो, उसको माथि भुटोः ( खराब कार्य नगर्नु )
२१. जसले गर्छ सेवा, उसले पाउँछ मेवाः ( राम्रो फल मिठो हुन्छ )
२२. पाकेको फल मिठो हुन्छ, गुणजनक उस्तै हुन्छः ( सानै देखि परिपक्व काम गर्दै )
२३. माकुराको जाल, झिँगाको कालः ( मिहेनति )
२४. राजाले निर्धाे भन्दैन, आगोले काचो भन्दैन ( सबै समान )
२५. नराम्रो बोली, बन्दुकको गोली: ( सोचेर बोल्नुपर्छ )