१८ भदौ २०८३, बिहिबार

सिद्धार्थ बैंकले घोषणा गर्यो १५ प्रतिशत लाभांश



काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । मंसिर १९ गते बसेको सञ्चालक समितिको ३५७ औं बैठकले आफ्ना शेयरधनीहरुलाई १२ प्रतिशत बोनस शेयर तथा ३ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशतको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकको हालको चुक्ता पूँजी ९ अर्ब ७८ करोड ७७ लाख ६७ हजार १३८ रुपैयाँको १२ प्रतिशत बराबरको १ अर्ब १७ करोड ४५ लाख ३ हजार ५७ रुपैयाँ बोनस शेयर तथा ३ प्रतिशत बराबरको २९ करोड ३६ लाख ३३ हजार १४ रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति तथा साधारण सभाबाट पारित भए पश्चात वितरण गरिने छ ।