बिजुलीको पोलमा बोलेरो ठोक्कियो : करेन्ट लागेर २ जनाको मृत्यु, ११ जना घाइते
काठमाडौं । चितवनमा सवारी दुर्घटना हुँदा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ ।
आज बिहान ९ बजेर ५५ मिनेटमा ईच्छाकामना गाउँपालिका ६ जलबिरेस्थित सडकमा चण्डिभञ्जाङबाट राजमार्गतर्फ आईरहेको ना ४ च ५०५० नम्बरको बलेरो आफै अनियन्त्रित भई सडक साइडमा रहेको फलामको बिजुलीको पोलमा ठोकिएको दुरर्घटना भएको प्रहरीले जनाएको छ ।
बिजुलीको पोलमा ठोक्किँदा करेन्ट सर्ट भई बलेरो चालकसहित बलेरोमा रहेका करिब २० जनामध्ये दुई जनाको ज्यान गएको छ ।मृतकको सनाखत भइनसकेको चितवन जिल्ला प्रहरी कर्यालयका डिएसपी सुर्य थापाले बताएक छन ।घाइतेमध्ये ११ जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।













