७ श्रावण २०८३, बिहिबार

झन्डै ७० हजार चालक अनुमतिपत्र वितरण गर्न बाँकी



काठमाडौं । झन्डै ७० हजार अनुमतिपत्र वितरया गर्न बाँकी रहेको छ । एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले पछिल्लो एक वर्षमा विगतका वर्षदेखि बाँकी रहेको सबै अनुमतिपत्र छापिसकेर पठाएको कार्यालयले जनाएको छ ।

अहिले कार्यलयमा खुईतीन वर्षदेखि दुईरतीन महिना पहिले छापिएकादेखि छापिएर आएको अनुमतिपत्र लिन सेवाग्राही नआएकोे कार्यालय प्रमुख सम्बरबहादुर कार्कीले बताए ।अहिले कार्यलयमा अनुमतिपत्र लिन आउनेहरुको संख्या घटेको कार्यलयले जनाएको छ ।

त्यस्तै कार्यालयमा नवीकरणका लागि आएका सेवाग्राहीको झण्डै १५ हजार अनुमतिपत्र मात्रै विभागबाट छापिएर आउन बाँकी छ । कार्यालयले नयाँ चालक अनुमतिपत्र नखुलाएर अनुमतिपत्र नवीकरण र वितरणको काम गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्