नेकपामा विभाजनको सुरुवात प्रचण्ड–नेपाल पक्षबाट, ओलीलाई एक पदबाट हटाउने भन्दै गोप्य भेला प्रशिक्षण
काठमाडौं । नेपाल कम्युनिष्ठ पार्टी (नेकपा) औपचारिक विभाजन कसले गर्ने र त्यसको अपजस कसले लिने भन्ने मात्रै बाँकी रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष वा प्रधानमन्त्री एक पदबाट हटाएरै छाड्ने भन्दै अर्का अध्यक्ष प्रचण्ड र माधव नेपाल पक्ष लागेका छन ।
नेकपा औपचारीक विभाजन नजिक पुगेको भन्दै प्रचण्ड–माधव नेपाल पक्षले राजधानी काठमाडौंमा गोप्य भेला आयोजना गरेका छन । बिहीबार पार्टी नेता माधव नेपाल पक्षका कार्यकर्तालाई संगै राखेर प्रचण्डपक्षले ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुईमध्ये एक पदबाट हटाइछाड्ने बताएका छन ।
दुई अध्यक्षविच संबादनै रोकिएको बेला प्रधानमन्त्रीलेनै प्रचण्डलाई मिलौं भनि प्रश्ताव गरेका छन । प्रचण्डसंगको भेटमा ओलीले माधव नेपालसंग संबन्ध तोडेर आफुसँग सहकार्य गर्न आउन प्रश्ताव गरेका थिए । उल्टै प्रचण्डले आफुले नेपाललाई राम्ररी चिनेको भन्दै विश्वास दिलाएका थिए ।
दुई नेताविचको बाझाबाझले नेकपा फुट नजिक पुगेको छ । खाली फुटको अपजस कसले लिनेभन्ने मात्रै बाँकी रहेको देखिन्छ । पार्टी फुटाएको आरोपबाट मुक्त हुन नेताहरुले औपचारिक घोषणा गर्न सकेका छैनन । नेकपा एकता भएको ३ वर्षमा दुई अध्यक्षविच भागवडा नमिल्दा पार्टी विभाजनको संघारमा पुगेको छ ।
पार्टीमा आफ्नो समुह मजवुत बनाउन प्रचण्ड नेपाल पक्षले भेलासहित गोप्य प्रशिक्षण दिएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को फेरी भागवडा मिल्ने र पार्टी एक भएर अघि बढ्ने संकेत देखिएको छैन । ओलीले सुरुमा बामदेव गौतमलाई आफ्नो पक्षमा ल्याउन हर प्रयास गरेका थिए । तर गौतम झनै आक्रोसित बनेपछि ओलीको तिर माधव नेपालतिर सोझिएको हो । नेपालले पनि टेर नलगाएपछि प्रचण्डलाई वार्ताको निम्ती पटक पटक प्रयास पनि बिफल भएको छ ।
ओलीसंगको भेटमा प्रचण्डले आफु एक्कै नभेट्ने भन्दै बाहिरिएका थिए । दुई अध्यक्षको संवाद सुरु भएसंगै तल्ला तहका नेताहरु खुसि बनेका थिए । दुई नेताविच सहमती नभएपछि प्रचण्ड–नेपाल पक्षले गोप्य भेलानै गरेर नेता कार्यकर्तालाई ओलीको विरुद्ध लाग्न निर्देशन दिएका छन ।
बिहीबारको गोप्य भेलामा बागमती प्रदेशको भेलामा प्रदेशका माधव प्रचण्ड पक्षका १४ जिल्लाका इन्चार्ज, सह–इन्चार्जहरू, अध्यक्ष र सचिवहरू सामेल भएका थिए । भेलालाई अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले सम्बोधन गरेका थिए । भेलामा प्रचण्डले पार्टी एकताका लागि आफुले लागी परेको तर प्रचण्डले पुछ्दै नपुछेको भन्दै दुःखेसो पोखे ।













