स्वयम्भूबाट गैंडाको खागसहित नुवाकोटको दुई सहित पाँच जना पक्राउ
काठमाडौं । स्वयम्भूबाट गैंडाको खाग सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
हिजो महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौं महानगर १५ स्वयम्भू किमडोलबाट पाँच जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नुवाकोट मेघाङ गाउँपालिका ६का २६ वर्षीय रामसिंह तामाङ र २२ वर्षीया मुना तामाङ त्यस्तै काठमाडौं झोँछेका ४१ वर्षीय रिकेश शाक्य, ३५ वर्षीय सुरेश शाक्य, ३९ वर्षीय अनिल श्रेष्ठ रहेका छन ।
उनीहरुले बिक्री वितरण गर्न कोठामा राखिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई खागसहित पक्राउ गरेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक ईश्वर जनाएका छन ।













