७ श्रावण २०८३, बिहिबार

नाफिजको अध्यक्षमा मोदनाथ ढकाल चयन



काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को पाँचौं महासभाबाट पत्रकार मोदनाथ ढकाल अध्यक्षमा चयन भएका छन् । शनिकार राजधानी भएको वार्षिक साधारणसभाले ढकाललाई अध्यक्षको जिम्मेवारी दिएको हो । ढकाल द राइजिङ नेपालमा कार्यरत छन् ।

यस्तै, रेडियो नेपालका भुवन आचार्य र आर्थिकन्युजकी मेनुका कार्की उपाध्यक्षमा चयन भएका छन् । महासचिवमा कर्पोरेट नेपालका नारायण पौडेल तथा सचिवमा अनलाइनखबरका रोयल आचार्य चयन भएका हुन् ।

यस्तै, नाफिजको सह–सचिव बिजपाटीका महमल अजमत अली चयन भए भने नोटबजारका परमेश्वर अधिकारी कोषाध्यक्षमा चयन भए ।

महासभाले नाफिजका नयाँ कार्यसमिति सदस्यमा ५ जनालाई चयन गरेको छ । समितिको सदस्यहरुमा आर्थिक अभियानकी प्रजिता बुढाथोकी, रोजगार मिडियाका फणिन्द्र दाहाल, बाह्रखरीका रोविन पौडेल, अनलाइनखबरका नवीन ढुंगाना र नेपालखबरका दीपक भट्ट छन् ।

यस्तै, नयाँ कार्यसमितिको पहिलो बैठकले गोरखापत्र दैनिकका गोपालचन्द्र सुवेदी र क्लिकमान्डुकी दिलु कार्कीलाई कार्यसमिति सदस्यमा मनोनित गरेको छ । संस्थाका निवर्तमान अध्यक्ष सिताराम भट्टराई स्वतः कार्यसमिति सदस्य बन्ने भएका छन् ।

महासभाको उद्घाटन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गरेका थिए भने समापन कार्यमका प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ थिए ।


प्रतिक्रिया दिनुहोस्