कलंकी ट्रक दुर्घटनामा घाइते थप दुई जनाको ज्यान गयो
काठमाडौं । काठमाडौंको कलंकीमा शुक्रबार साँझ भएको ट्रक दुर्घटनामा परेका थप दुईको आज ज्यान गएको छ ।
घटनास्थलबाट ट्रक निकाल्ने क्रममा आज बिहान ट्रकमा च्यापिएको अवस्थामा एक जनाको शव फेला परेको र अर्का एक जनाको उपचारका क्रममा ज्यान गएकोे महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएके छ ।
ज्यान गुमाउनेमा धादिङको थाँक्रेका ४२ वर्षीय राजु पौडेल र अर्का रञ्जितकुमार चौधरी रहेको प्रहरीले जनाएके छ । चौधरीको उपचारका क्रममा ज्यान गएको हो । यसअघि घटनास्थलमै ओखलढुङ्गा घर भई सडकमा मागी हिँड्ने शङ्कर परियारले ज्यान गुमाएका थिए । ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा भएको थियो ।












