सिटिजन्स बैंकसंग गाभिन लागेको तिनाउ मिसन बैंकले दियो ६ प्रतिशत बोनस
काठमाडौं । सिटिजन्स बैंकसंग गाभिन लागेको तिनाउ मिसन बैंकले ६ प्रतिशत बोनस शेयर प्रदान गर्ने भएको छ । बुधबार बसेको संचालक समितिको बैठकले ६ प्रतिशत बोनस प्रदान गर्ने घोषणा गरेको हो ।
उक्त बोनस शेयर नेपाल राष्ट्र बैंकबाट स्वीकुत भई संस्थाको १४ औं साधारण सभाले अनुमोदन गरे पछि वितरण गर्ने बैंकले जनाएको छ ।












