१८ भदौ २०८३, बिहिबार

सानिमा बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं । सानिमा बैंकले पुस १ गते, बुधबारबाट निष्काशन तथा बिक्री खुला गरेको ऋणपमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले ४ अर्ब रूपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको थियो ।

जसमध्ये बैंकले सर्वसाधारणका लागि १६ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई २४ लाख कित्ता बिक्री गर्ने छ । त्यस्तै, सर्वसाधारणका लागि निष्कासन गरिने कुल ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ८० हजार कित्ता कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।