प्राइम बैंकको १५ प्रतिसत बोनस सेयर घोषणा
काठमाडौं । प्राइम कमर्सियल बैंकले आफ्ना सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । बैंक संचालक समितिको सोमबार विहान बसेको बैठकले १५ प्रतिसत बोनस सेयर दिने प्रश्ताव गरेको हो ।
प्राइम बैंकले गत आवमा कैलाश विकास बैंककलाई अक्वायर गरेका कारण कर छुट प्राप्त गरेको हो । बैंकले नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाई साधारणसभाबाट पारित भएपछि १५ प्रतिसत लाभांस दिने प्रश्ताव गरेको हो ।
प्राइम बैंकको १३ अर्ब ९८ करोड ५२ लाख चुब्क्ता पुँजी रहेकोमा बोनस सेयर प्रश्चात १६ अर्ब भन्दा बढी पुग्नेछ ।














