२९ श्रावण २०८३, शुक्रबार

एनएमबि बैंकले दियो १६.२० प्रतिसत लाभांस



काठमाडौं । पछिल्लो समय बजारमा आक्रामक हिसावले आइरहेको एनएमबि बैंककले आफ्ना सेयरधनीलाई १६.२० बोनस सेयर दिने प्रश्ताव गरेको छ ।

बैंक संचालक समितिको आइतबार साँझ बसेको बैठकले सेयरधनीलाई १३ प्रतिसत बोनस सेयर र ३.२० प्रतिसत नगद लाभांस दिने घोषणा गरेको एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत शुनिल केसीले बताए ।

एनएमबि बैंकको हाल १४ अर्व ४४ करोड चुक्ता पुँजी रहेको छ । एनएमबीलाई पनि मर्जरका कारण कर छुट हुनेछ । एनएमबिले गत आवमा राष्ट्रिय स्तरको ओम डेभलपमेन्ट बैंकलाई गाभेको थियो । बैंकको प्रश्तावित डिभिडेन्ट नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्रश्चात साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई दिनेछ ।