२४ भदौ २०८३, बुधबार

नेकपाका ८७ सांसद संसद विघटनविरुद्ध सर्वोच्च जाँदै



काठमाडौं । संसद विघटनविरुद्ध नेकपाका ८७ सांसद सर्वोच्च जाने भएका छन् । असंवैधानिक रुपमा आइतबार गरिएको संसद विघटनको निर्णय विरुद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ८७ सांसदहरू सर्वाच्च अदालत जाने भएका हुन् ।

सोमबार पार्टी स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेको नेतृत्वमा ८७ जना सांसदहरू सर्वोच्च जाने तयारी गरेको नेकपा स्रोतले जनाएको छ । सम्पूर्ण सांसदहरुको तर्फबाट अधिवक्ता गोविन्द बन्दीले सर्वोच्चमा रिट दायर गर्ने तयारी गरेका छन् ।