२४ भदौ २०८३, बुधबार

त्रिभुवन विश्वविद्यालयले यो वर्ष हिउँदे विदा नदिने



काठमाडौं । त्रिभुवन विश्वविद्यालय त्रिविले यो वर्षको हिउँदे विदा रद्द गरेको छ । नोवेल कोरोना भाइरस कोभिड–१९०का कारण यो वर्षको हिउँदे विदा रद्द गरिएको त्रिविले जानकारी दिएको छ ।

त्रिवि रजिस्ट्रारको कार्यालयले जारी गरेको सुचनामा ‘कक्षा तथा परीक्षा सञ्चालनको अनिवार्यतालाई मध्यनजर गरी त्रिविका शिक्षकहरूलाई दिइँदै आएको हिउँदे विदाको व्यवस्था यो वर्षका लागि रद्द गरी पठनपाठनलाई सुचारु गर्ने त्रिवि कार्यकारी परिषद्को निर्णय भएको व्यवहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ,’ उल्लेख गरिएको छ ।

हाल त्रिविले कोरोना महामारीका कारण गत बर्ष चैतमा रोकिएको परीक्षा तथा कक्षा त्रिविले भौतिक तथा अनलाइन माध्यमबाट सञ्चालन गर्दै आएको छ ।