२९ श्रावण २०८३, शुक्रबार

वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै लाभांश घोषणा गर्ने नविलले बोलायो साधारणसभा



काठमाडौं । नविल बैंकले गत आर्थिक वर्षको नफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेर ३६ औ वार्षिक साधारणसभा बोलाएको छ । बैंकले पुस २९ गते विहान १० बजे बैंकको केन्द्रिय कार्यलयमा साधारण सभा बोलाएको हो । सभामा बैंकले गत आर्थिक वर्षको कमाइबाट ३३.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.७६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजाने भएको छ ।

त्यस्तै, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने गरी २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि सभामा लैजादै छ । सभाबाट बैंकले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्वीजिसनमा जान सञ्चालक समितिलाई पुर्ण अख्तियारी प्रदान गर्ने भएको छ ।

लाभांश वितरण तथा साधारणसभा प्रयोजनको लागि बैंकले पुस १५ गतेदेखि बुकक्लोज गर्ने भएकोले पुस १४ गतेसम्म कायम शेयरधनीहरुले मात्रै बैंकले वितरण गर्ने लाभांश र साधारणसभामा भाग लिन पाउनेछन् ।