प्राइम बैंकले पुस २९ गते बोलायो साधारणसभा, बुकक्लोज कहिले ?
काठमडौं । प्राइम कमर्शियल बैंकले १३ औँ वार्षिक साधामरणसभा बोलाएको छ । बैंकले पुस २९ गते विहान १० बजे केन्द्रिय कार्यलयमा सभा बोलाएको हो । साधारण सभामा बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।
बैंकको साधारण सधा भर्चुल माध्यमबाट हुने छ । साधारणसभा प्रयोजनको लागि बैंकले पुस २० गत बुकक्लोज गर्ने भएकोले पुस १९ गतेसम्म कायम शेयरधनीहरुले मात्र बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्नेछन् ।












