गृहमन्त्री बादलले भेटे प्रधानमन्त्री ओलीलाई
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा (बादल) र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बालुवाटारमा भेट भएको छ । संसद विघटन र मध्यावधि निर्वाचनको घोषणापछि उत्पन्न परिस्थितिपछि ओली वा प्रचण्ड–माधव नेपालमध्ये कुनै समूहमा नदेखिएका थापाले बुधबार ओलीलाई भेटेका हुन् ।
बादल पक्षका नेताहरुले गृहमन्त्री थापालाई नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डलाई साथ दिन दबाब दिइरहेका छन् भने उनले कुनै निर्णय गरिसकेका छैनन् ।














