१८ भदौ २०८३, बिहिबार

बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई यल्लो प्यगोडा होटलमा १५% सम्म छुट



काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र यल्लो प्यगोडा होटल बिच बैंकको डेबिट, क्रेडिट कार्ड तथा मोबाईल बैंकिङ्गको माद्यमबाट भुक्तानी गर्दा बैंकको ग्राहकहरुलाई १५% छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

सम्झौता पश्चात् ग्राहकहरुले यल्लो प्यगोडा होटलको सेवाहरु उपभोग वापत बैंकको कार्ड तथा मोबाईल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्दा सुविधाहरुको वास्तविक मुल्यको १५% छुट पाउनेछन । यल्लो प्यगोडा होटलले काठमाण्डांै र पोखराबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।

उक्त सम्झौतामा बैंकका कार्ड विभाग प्रमुख अमर राजभण्डारी र यल्लो प्यगोडा होटलको महाप्रबन्धक अर्जुन केशीले हस्ताक्षर गरेका छन ।


बैंक अफ काठमाण्डू लिमिटेडले ९१ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।