२९ श्रावण २०८३, शुक्रबार

नेपाल क्रेडिट एण्ड कमर्स बैंकले बोलायो साधारण सभा, के-के छन प्रस्ताव ?



काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले साधरण सभा बोलाएको छ । बैंकको संचालक समितिको बैठकले माघ ९ गते २३ औं साधारण सभा गर्ने निणर्य गरेको बैंकले जानकारी दिएको छ ।


साधारण सभा माघ ९ गते, केन्द्रिय कार्यालय, बागबजारमा बिहान १० बजे हुने छ । सभामा भर्चुअल माध्यमबाट पनि सहभागिता जनाउन सक्ने व्यवस्था गरिएको बैंकले जानकारी दिएको छ ।

साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्ने छ ।


बैंकको चुक्ता पूँजीको १०.२६९५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५४०५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । साधारण सभा तथा लाभांश वितरणको लागी पुस २१ गतेबाट बुकक्लोज हुने छ ।