प्राइम बैंकद्वारा नेरुडे लघुवित्तको सेयर बिक्री खुला
काठमाडौं । प्राइम कमर्सियल बैंकले आफ्नो स्वामित्वमा रहेको नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक समूहको सेयर बिहीबारदेखि बिक्री खुला गरेको छ । प्राइमले नेरुडेको ५२ हजार ७५० कित्ता संस्थापक सेयर बिक्री खुला गरेको हो । यसमा न्यूनतम मूल्य प्रतिकित्ता ३०० रुपैयाँ तोकिएको छ ।
बोलपत्रमा विद्यमान संस्थापक सेयरधनी, व्यक्ति, कम्पनी तथा संगठित संस्थाहरुले पुस २३ गतेसम्म आवेदन पेश गर्न सक्ने बैंकले जनाएको । बिक्री प्रवन्धक सनराइज क्यापिटल लिमिटेडको केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौं र प्राइम कमर्सियल झापा, विराटनगर, वीरगञ्ज, भरतपुर चितवन तथा नेपालगञ्जबाट पनि आवेदन दिन सकिनेछ ।











