७ श्रावण २०८३, बिहिबार

एनआरएन इन्फ्रास्ट्रक्चरले गर्यो लाभांश प्रस्ताव



काठमाडौं । एनआरएन इन्फ्राइस्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीले लाभांश प्रस्ताव गरेको छ । विहिबार बसेको संचालक समितिको बैठकले गत बर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ ।

कम्पनिको चुक्ता पूँजीको २.८५ प्रतिशतले हुन आउने ३ लाख २२ हजार ८१४ कित्ता बोनश वितरण गर्ने प्रस्ताव गरेको छ । यस्तै बोनस प्रयोजनको लागि लाग्ने कर बापत ०.१५ प्रतिशत अर्थात १६ लाख ९९ हजार २१ रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको चुक्ता पूँजी १ अर्ब १३ करोड २६ लाख रुपैयाँ रहेको छ । बोनस वितरणपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब १६ करोड रुपैयाँ पुग्नेछ । सााधारण सभाबाट पारित भएपछि शेयरधनीले लाभांश पाउने छन ।


प्रतिक्रिया दिनुहोस्