७ श्रावण २०८३, बिहिबार

नुवाकोटका सिग्देल सहित ५ सर्जकको पञ्चरत्न बाछिटासङग्रह विमोचन



काठमाडौं । ५ जना सर्जकहरु द्वारा लिखित साहित्यिक कृति पञ्चरत्न बाछिटा सङ्गह विमोचन भएको छ । शुक्रबार प्रज्ञा प्रतिष्ठान भवनमा आयोजीत कार्यक्रममा शिक्षा विद डा.शरानंन्द कडेंलको उपस्थितमा अलङकार प्रतिष्ठान नेपालले गरेको छ ।


मातृभाषा संरक्षण समुह अमेरिकाले प्रकाशन गरेको बाछिटासङग्रह ५ जना सर्जकहरु खगेन्द्र बस्याल, भरत सिग्देल, केशब बैरागी माइलो, नारद आचार्य सुदामा ,मधु घिमिरेले लेखेका हुन ।


सर्जकहरु केशब बैरागी माइलो,नारद आचार्य सुदामा ,मधु घिमिरे ३ जना भुटानमा जन्मेर शासकहरुको कारण आफनो जन्म भुमि छाडेर शरणार्थीको रुपमा नेपाल आएर कर्मथलो अमेरीकामा रहेकाले भौतिक उपस्थित नभएपनि नेपाल आमा र नेपाली माटोलाई सम्झेर बाछिटा सङ्ग्रहको उत्पति भएको पञ्चरत्न सङ्गहका सर्जक भरत सिग्देलले बताएका छन ।


बाछिटा सङगह साहित्यको नवीनतम र लघुतम काव्यिक उपाधि हो । तीन पाचँ तीन अक्षरीय तीन पङ्क्तिपुञ्जमा प्रकुतिको बिम्ब वा झलकसहित प्रतिकात्मक प्रस्तुतिका माध्यमबाट जीवन र जगतका भोगाई र अनुभुतिलाई बाछिटामा प्रस्तुत गरिने सर्जकहरुले बताएका छन ।बाछिटाको शव्दगत बनोट अर्थ र भावअनुसार काव्यिक उपाधिको रुपमा रचना सोझो अर्थमा नभएर बाङ्गो अर्थमा हुने गर्दछ ।


त्यस्तै कार्यक्रममा बाछिटाको पहिलो त्रैमासिक वशेषाङ्ग नब माधुरी विशेषाङ्ग पनि विमोचन भएको थियो


प्रतिक्रिया दिनुहोस्