७ श्रावण २०८३, बिहिबार

कोटेश्वर चोकमा कटुवा पेस्तोल देखाएर लुटपाटको प्रयास



काठमाडौं । आज बिहान साढे ६ बजे काठमाडौंको कोटेश्वर चोकमा कटुवा पेस्तोल देखाएर लुटपाटको प्रयास भएको छ ।

काठमाडौं महानगरपालिका ३२ कोटेश्वरमा एक युवकमाथि पेस्तोल देखाएर लुटपाटको प्रयास भएको प्रहरीले जानकारी दिएको छ ।राधेराधे बस्ने अनदाजी ३० वर्षका युवराज आलेमगरमाथि लुटपाटको प्रयास भएको प्रहरीले जनाएको छ ।

मगरका अनुसार कटुवा पेस्तोल देखाएर मोबाइल फोन माग्यो आफूले प्रतिवाद गर्दा पेस्तोल झरेपछि ती व्यक्ति भागेको बताएका छन ।मगरले नै घटना भएपछि प्रहरीलाई खबर गरेका थिय ।प्रहरीले केही व्यक्तिहरूलाई नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्