सभापति केसीले गरे पञ्चकन्या आधारभुत विद्यालयलाई स्वास्थ्य सामाग्री हस्तान्तरण
काठमाडौं । नेपाली कांग्रेस नुवाकोटका सभापति जगदीश्वर नरसिंह केसीले विद्यालयलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन ।

बेलकोटगढी नगरपालिका वडा नं १३ पाखुरेमा रहेको पञ्चकन्या आधारभुत विद्यालयलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको उनले जानकारी दिएका छन ।
कोरोना महामारीका कारण गत चैतदेखि बन्द रहेको विद्यालयहरु खुलेसंगै विद्यालयहरुलाई माक्स, सेनिटाइजर,थर्मल गन लगाएतका सामाग्री हस्तान्तरण गरेका हुन ।
कार्यक्रममा बेल्कोटगढी नगरपालिका काठमाडौं सम्पर्क समिति का अध्यक्ष श्याम ढुंगाना,नकुल पाण्डे,लागायत स्थानिय र विध्यालयका शिक्षक,शिक्षिकाको उपस्थिति रहेको थियो ।













