नुवाकोट ककनीका तामाङ मृत अवस्थामा फेला परे
काठमाडौं । काठमाडौं जान्छु भनेर हिडेका तामाङ मृत फेला परेका छन् । नुवाकोटको ककनी गाउँपालिका ५ थानसिङ बस्ने ४५ वर्षीय श्याम तामाङ घरदेखि करिब ४ किमि टाढा बाटोमा हिजो मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
पुस १५ गते काठमाडौं जान भनेर हिँडेका तामाङ शनिबार घर फर्कने क्रममा मृत फेला परेका हुन् । घट्नाको प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।












