नबिल बैंकको ध्यानाकर्षण: सरकार सम्बद्ध व्यक्तिहरूले चन्दा मागेकोे छैन्
काठमाडौं । विभिन्न अनलाइन मिडियाहरूमा “नबिल बैंकसँग सरकार सम्बद्ध व्यक्तिहरूले चन्दा मागेकोे” जस्तो भ्रामक समाचार प्रकाशित भएकोमा नबिल बैंकको गम्भीर ध्यानाकर्षण भएको छ । आइतबार नविल बैंकका सीइओ अनिल केसरी शाहद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, “यी समाचारहरूमा विमत्ति राख्दै यसमा कुनै सत्यता नभएको कुरा स्पष्ट पार्न चाहन्छौं । नबिल बैंकसँग सरकार सम्बद्ध कुनै व्यक्तिले आजका मितिसम्म फोन नगरेको र चन्दा पनि नमागेको अवगत गराउन चाहन्छौं ।”
नबिल बैंक विगत ३६ वर्षदेखि निरन्तर नेपाली समाजमा वित्तीय सेवा प्रदान गर्दै आइरहेको ‘क’ वर्गको वाणिज्य बैंक हो, जसको नेपाल राष्ट्र बैंकबाट नियमन भइरहेको छ । नबिल बैंक नियामक, शेयरधनी, ग्राहक तथा सम्बन्धित सबै निकायहरू प्रति यहाँहरूको विश्वासको लागि हार्दिक आभार व्यक्त गर्दछ ।











