सिद्धार्थ बैंकले डाक्यो साधारणसभा, बुकक्लोज कहीले ?
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले साधरण सभा बोलाएको छ । गत मंगलबार बसेको संचालक समितिको बैंठकले आर्थिक बर्षको नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गर्न १९ औं साधरण सभा बैंकले बोलाएको छ ।
साधरण सभा माघ १६ गते बिहान ११ बजे, आम्रपाली बैंक्वेटमा हुने छ । सभाले शेयरधनीहरुलाई १२ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गर्ने छ । साथै कुनै पनि बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्वीजिसनमा जानको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र संस्थापक समूहको तर्फतबाट ३ जना र सर्वसाधारण समूहको तर्फबाट २ जना गरी कुल ५ जना सञ्चालक निर्वाचन गर्ने बैंकले जनाएको छ ।
साधारणसभाको लागी पुस २८ गत बैंकको बुकक्लोज हुने छ ।सभामा भर्चुअल माध्यमबाट पनि उपस्थित हुन सक्नेभएकाले शेयरधनीहरुलाई मिटिङ आइडि र पासवर्ड उपलब्ध गराउने बैंकले जनाएको छ ।













