नेशनल माइक्रोफाइनान्सले प्रस्ताव गर्यो २७ प्रतिशत लाभांश
काठमाडौं । नेशनल माइक्रोफाइनान्सले लाभांश प्रस्ताव गरेको छ । पुस १९ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई २१ प्रतिशत बोनस शेयर र कर सहित ६ प्रतिशत नगद गरी कुल २७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामि साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन ।













