परिवार नियोजन र सुरक्षित गर्भपतनको सूचना दिन हेल्पलाइन नम्बर ११४३ सुचारु
काठमाडौं । परिवार नियोजन र सुरक्षित गर्भपतन सम्बन्धी सूचना तथा सेवा प्रदान गर्न सुनौलो परिवार नेपाल र मेरी स्टोप्स् नेपालले एक छोटो कोड तथा निःशुल्क हेल्पलाइन नम्बर “११४३” सुचारु गरेको छ ।
परिवार नियोजन र सुरक्षित गर्भपतन सम्बन्धी सूचना तथा सेवा पाउनका लागि तपाई केबल यी चार अंकको दूरीमा हुनुहुन्छ । सुनौलो परिवार नेपाल र मेरी स्टोप्स् नेपालले परिवार नियोजन र सुरक्षित गर्भपतन सम्बन्धी सेवाहरू प्रदान गर्दै आएको छ । यस्ता सेवाहरूले संयोगले नभई इच्छाले बच्चा जन्माउने अवसर प्रदान गर्दै आएको छ ।
सुनौलो परिवार नेपाल र मेरी स्टोप्स् नेपाल यौन तथा प्रजनन् स्वास्थ्य सेवा प्रदान गर्ने संगठनहरूको विश्वव्यापी साझेदारीका रुपमा रहेको र सन् १९७६ मा स्थापित मेरी स्टोप्स् इन्टरनेसनलको नेपालका लागि समर्पित संस्था हो । सुचारु गरेको हेल्पलाइन नम्बर ११४३ ले “म तिमीलाई प्रेम गर्छु” भन्ने बुझाउँछ । यसले प्रियजनहरू प्रति रहेको तपाईंको माया र प्रेमको प्रतिनिधित्व गर्दछ भने आफ्नो प्रियजनहरूको रोजाई प्रतिको तपाईको साथलाई पनि जनाउँछ ।
११४३ मा तपाईले हाम्रो मेरी साथी काउन्सेलरहरूसँग कुरा गर्न सक्नुहुन्छ र वहाँहरूले तपाईलाई प्रजनन् सम्बन्धि रोजाईका बारेमा मार्गनिर्देशन दिनुहुनेछ । हाम्रो “मेरी साथी” ले सन् २०११ देखि परामर्श सेवाहरू प्रदान गर्दै आएको छ । यी सेवाहरू हरेक दिन बिहान ७ बजे देखि राती १२ बजे सम्म खुला रहनेछ ।
मेरी स्टोप्स नेपालको बारेमा
सुनौलो परिवार नेपाल सन् १९९४ मा स्थापना भएको गैर सरकारी संस्था हो । सुनौलो परिवार नेपालले मेरी स्टोप्स् नेपालको साझेदार संस्थाको रुपमा विभिन्न कार्यक्रमहरू संचालन गर्दछ । यस संस्थाले नेपालका युवा र वयस्कका यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धित विभिन्न आवश्यकताहरू पूरा गर्न विस्तृत रुपमा सेवाहरू प्रदान गर्दछ ।













