१८ भदौ २०८३, बिहिबार

एभरेष्ट बैंकको १०० औं शाखा चितवनको हाकिम चौकमा



काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले अत्याधुनिक बैकिंग सेवा र सुबिधाहरु उपलब्ध गराउनका लागि हाकिम चौक, चितवनमा आफ्नो १०० औं शाखाको उद्घाटन गरेको छ ।

यस्का साथै बैंकले घोराही, दाङमा १५ पौष, २०७७ का दिन आफ्नो ९९ औं शाखा स्थापना गरेको थियो ।
एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत जी.के. नेगी नेपाल उद्योगवाणिज्य संघ, चितवनका अध्यक्ष राजु श्रेष्ठले संयुक्त रूपमा हाकिम चौक शाखाको उद्घाटन गरेका छन् ।

उद्घाटनसमारोहमा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत जी.के. नेगीले हाकिम चौक क्षेत्रका बासिन्दाहरूलाई उच्च गुणस्तरको सम्पुर्ण अत्याधुनिक बैकिंग सेवा प्रदान गराउने आश्वासन दिएका छन् ।
घोराहीस्थित शाखा पनि एभरेष्ट बैंकका सहायक महाप्रबन्धक केशब पौडेल र घोराही उप(महानगरका मेयर नरुलाल चौधरीले संयुक्त रुपमा उद्घाटन गरेका छन ।

बैंकको हालसम्म ११ लाखभन्दा बढी ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १०० शाखा संजाल, प्रादेशिक कार्यालय , १३२ ब्त्ः बुथ सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइलरइन्टरनेटर क्ःक् बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ। यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३० वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।