नेपाल क्रेडिट एण्ड कमर्श बैंक र गुहेश्वरी मर्चेन्ट बैंकको शेयरमूल्य समायोजन, कुनको कति ?
काठमाडौं । मंगलबार एकैदिन नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा दुई कम्पनीहरुको शेयरमूल्य समायोजन भएको छ ।
आज नेपाल क्रेडिट एण्ड कमर्श बैंक र गुहेश्वरी मर्चेन्ट बैंकको शेयरमूल्य समायोजन भएको हो । लाभांश वितरण तथा साधारण सभा गर्नका लागी २ कम्पनीहरुले बुकक्लोज गरेपछि नयाँ मूल्य निर्धारण भएको हो ।
आज गुहेश्वरीको ८ प्रतिशत बोनस शेयर समायोजनपश्चात फाइनान्सको शेयरमूल्य प्रतिकित्ता १९३ रुपैयाँ तोकेको छ। फाइनान्सको २०८ रुपैयाँको आधारमा शेयरमूल्य समायोजन भएको हो ।
त्यसैगरी शेयर मुल्य समायोजन भएको नेपाल क्रेडिट एण्ड कमर्शको १०।२७ प्रतिशत बोनस शेयर समायोजन गरी प्रतिकित्ता शेयरमूल्य ३२४ रुपैयाँ तोकेको छ । बैंकको हिजो सोमबारको अन्तिम कारोबारको आधारमा शेयरमूल्य समायोजन भएको हो । हिजो बैंकको शेयर प्रतिकित्ता ३५७ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
गुहेश्वरी फाइनान्सले पुस २८ गते मंगलबार बिहान ११ बजे गुहेश्वरी भवन हरिहर भवन ललितपुरमा साधारण सभा बोलाएको छ ।
शेयर मुल्य समायोजन भएको नेपाल क्रेडिट एण्ड कमर्श बैंकले माघ ९ गते, केन्द्रिय कार्यालय, बागबजारमा बिहान १० बजे तेइसौँ वार्षिक साधारण सभा डाकेको छ ।













