इन्फ्रास्ट्रक्चर बैंकको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आईपीओ निष्काशनका लागि बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेकोले छ ।
निष्काशन सम्बन्धी सम्पूर्ण कार्य एनआईबिएल एस क्यापिटल लिमिटेड मार्फत हुने बैंकले जनाएको छ । नेपालको पूँजी बजारको इतिहासमै सबै भन्दा ठूलोे ८ अर्बको सार्वजनिक निष्काशन बैकले माघ २ देखि माघ ६ गतेसम्म गर्ने छ ।
यसअघि नै बैंकले एनआईबिएल एस क्यापिटललाई आफ्नो बिक्रीप्रबन्धकमा नियुक्त गरेको हो । सेयरेको निष्काशन सम्बन्धी सबै काम एनआईबिएल एस क्यापिटल लिमिटेड मार्फत हुने छ ।
२० अर्ब चुक्ता पुँजी रहेको बैंकको १२ अर्ब संस्थापकह?बाट चुक्ता भइसकेको छ भने बाँकी रकम यस निष्काशनबाट चुक्ता हुनेछ ।












