सिवाईसी र शालिग्रामसँग आरम्भ चौतारीको मर्जर सम्झौता रद्द , शेयर कारोबार फुकुवा
काठमाडौं । आरम्भ चौतारीको लघुवित्त वित्तीय संस्था लिमिटेडको कारोबार फुकुवा गरेको छ ।
लघुवित्तले अन्य दुई लघुवित्तसँग मर्जर सम्झौता गरेसँगै असोज ११ गते नेप्सेले शेयर कारोबार रोक्का गरेको थियो । आरम्भ चौतारी, सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था र शालिग्राम लघुवित्त वित्तीय संस्था बीच एक आपसमा गाभ्ने र गाभिनेसम्बन्धि सहमति पत्रमा हस्ताक्षर भएसंगै रोक्का भएको शेयर बिहीबारदेखि हुने छ ।
संस्थाको संचालक समितिको बैठकले प्राम्भिक सहमति पत्र रद्ध गरेसैगै नेप्सले शेयर फुकुवा गरेको जानकारी दिएको छ ।
यस्तै,आरम्भ चौतारी लघुवित्तले बिपिडब्लु लघुवित्त र बुटवलमा केन्द्रिय कार्यालय रहेको देउराली लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने छ ।













