१८ भदौ २०८३, बिहिबार

गणपति लघुवित्तले घोषणा गर्यो १५.७९ प्रतिशत लाभांश



काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाले १५.७९ प्रतिशत लाभांश घोषणा गरेको छ ।संस्थाले आर्थिक वर्ष २०७६र७७ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १५.७९ प्रतिशत लाभांश घोषणा गरेको हो ।

हिजो बसेकोसञ्चालक समितिको बैठकले गत आवको नाफाबाट चुक्ता पुँजीको १५ प्रतिशत बोनस र ०.७९ प्रतिशत नगद गरी कूल १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश प्राप्त गर्ने छन ।

अहिले संस्थाको चुक्ता पुँजी ११ करोड ७ लाख रुपैयाँ रहेको छ । १५ प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी १२ करोड ७३ लाख रुपैयाँ नाघ्ने छ ।