काठमाडौँको तारकेश्वरमा ग्यास पड्किदा नुवाकोटका २ घाइते
काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिकामा खाना पकाउने ग्यास पड्किदा २ जना घाइते भएका छन ।
नुवाकोट पञ्चकन्या गाउँपालिका–२ घर भई हाल तारकेश्वर ८ बस्ने ३४ वर्षीय रामचन्द्र श्रेष्ठको कोठामा ग्यास पड्किेर मंगलबार राति आगलागी भएको थियो ।
आगलागीमा परी श्रेष्ठ र उनकी ६ वर्षीया छोरी रक्षा घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये रामचन्द्रको करुणा अस्पताल कपन र रक्षाको कान्ति बाल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।













