१८ भदौ २०८३, बिहिबार

कर संकलन गर्न बैंक तथा वित्तीय संस्थालाई शनिबार पनि काउण्टर खुला गर्न राष्ट्र बैंकको निर्देशन



काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूलाई शनिबार पनि आफ्ना शाखा कार्यालय खोल्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ । कर सङ्कलनका लागि शनिबार पनि बैंकहरूलाई शाखा खोल्न निर्देशन दिइएको हो । राजश्व सङ्कलन गर्ने शाखा तथा काउन्टर एवं बैंकका क्लियरिङ सम्बन्धी काम गर्ने काउन्टर लगायत नेपाल क्लियरिङ हाउस पूर्णकालीन रुपमा खुला गर्ने व्यवस्था मिलाउन राष्ट्र बैंकको निर्देशन छ ।

करदाताहरूलाई सहज होस भन्ने मनसाय सँगै आगामी पुस २५ गते शनिबार पनि बैंक शाखा र काउन्टर एवं क्लियरिङ खोल्न निर्देशन दिइएको राष्ट्र बैंकले जनाएको छ ।