१८ भदौ २०८३, बिहिबार

माछापुच्छे बैंक र सिप्रदी ट्रेडिङ्ग बीच भयो यस्तो सम्झौता



काठमाडौं । माछापुच्छे बैंक र सिप्रदी ट्रेडिङ्ग प्रा.लि का ग्राहकहरुले टाटा ब्रान्डका कर्मसियल र सेमि कर्मसियल (Heavy and Light Commercial Vehicle) खरिदमा माछापुच्छे बैंकले सहुलियत दरमा कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा र सिप्रदी ट्रेडिङ्ग प्रा.लि को तर्फबाट अध्यक्ष राजन बाबु श्रेष्ठ तथा माछापुच्छे बेंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका छन ।

सम्झौता अनुसार माछापुच्छे बैंकले देशभर रहेका आप्mना शाखा कार्यालयहरु मार्फत सिप्रदी ट्रेडिङ्ग प्रा.लिका देशभर रहेका डिलरबाट टाटा ब्रान्डका नयाँ कर्मसियल र सेमि कर्मसियल Heavy and Light Commercial Vehicle) खरिद गर्न चाहने ग्राहकहरुलाई सहज र सरल रुपमा सेवा प्रदान गर्नेछ ।

बैंकको १६० वटा शाखाहरु, १४८ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टर समेत गरी जम्मा ३१३ स्थानमा रहेका सेवा सञ्जाल तथा १९९ वटा एटीएमहरु तथा १ हजार भन्दा बढि पिओएस (POS Machine) मार्फत बाट ग्राहकहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पुर्ण सुबिधा प्रदान गदै आएको छ ।