प्रभु बैंकको सञ्चालक समितिमा ६ जना सञ्चालक निर्वाचित
काठमाडौँ । प्रभु बैंकको आइतबार सम्पन्न १९औँ वार्षिक साधारण सभाबाट ६ जना सञ्चालक निर्वाचित भएका छन ।
साधारण सभाले सञ्चालक समितिमा प्रतिनिधित्व गर्न संस्थापक शेयरधनीका तर्फबाट ३ जना र सर्वसाधारण शेयरधनीका तर्फबाट ३ जना गरी ६ जना सञ्चालक निर्वाचिक गरेको एक सुचना जारी गदै जानकारी दिएको छ ।
विर्वाचित हुनेमा संस्थापक शेयरधनीको तर्फबाट रमेशसिंह खड्का, शंकरप्रसाद कालिकोटा र रामेश्वर सापकोटा सञ्चालक निर्चाचित भएका छन । त्यसैगरी सर्वसाधारण शेयरधनीहरुको तर्फबाट ऋषिराम गौतम, अञ्जु अधिकारी र प्रमोद घिमिरे निर्वाचित भएका हुन ।














