१८ भदौ २०८३, बिहिबार

एभरेष्ट बैंकको ५ प्रतिशत बोनस शेयर र ५.५३ प्रतिशत नगद लाभांश पारित



काठमाडौं । एभरेष्ट बैंकको २६ औं बार्षिक साधारण सम्पन्न भएको छ । भर्चुअल माध्यमबाट सम्पन्न साधारणसभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक बर्ष २०७६र०७७ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाब र बार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गरेको छ ।

त्यस्तै साधारण सभाले शेयरधनीहरुलाई आ ब २०७६र०७७ का लागि ५ प्रतिशत बोनस शेयर र ५.५३ प्रतिशत नगद लाभांश बोनस शेयर र नगद लाभांशमा लाग्ने कर समेत वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

बैंकले प्रस्तावित बोनस शेयर जारी भए पश्चात चुक्ता पुँजी बृद्धि हुने र नेपाल राष्ट्र बैंकको स्वीकृति बमोजिम संस्थापक समूहको ९।९१ प्रतिशत शेयर सर्वसाधारण समूहमा परिणत भए पश्चात संस्थापक समूह र सर्वसाधारण समूहको शेयर स्वामित्व संरचना परिवर्तन गर्न प्रबन्धपत्र संशोधन गर्नु पर्ने प्रस्ताव छलफल गरि पारित गरेको छ ।

त्यसैगरी बार्षिक साधारण सभाबाट आगामी ४ बर्षका लागि सर्वसाधारण शेयरधनिहरुका तर्फबाट प्रतिनिधित्व गर्ने दुई जना संचालक नबिन भक्त श्रेष्ठ र उर्मिला श्रेष्ठ निर्विरोध निर्वाचित भएको भनि निर्वाचन अधिकृतले घोषणा गर्नु गरेको बैंकले जनाएको छ ।