सिद्धार्थ बैंकको मूल्य समायोजन, कति छ समायोजित मूल्य ?
काठमाडौं । सिद्धार्थ बैंकको शेयरमूल्य समायोजन गरिएको छ । साधारण सभा प्रयोजनार्थ बैंकले बुकक्लोज गरेसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मूल्य समायोजन गरी नयाँ मूल्य तोकेको हो ।
नेप्सेले बैंकको १२ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात बैंकको शेयरमूल्य प्रतिकित्ता ४२१ रुपैयाँ तोकिएको छ । नेप्सेले हिजो अर्थात सोमबारको अन्तिम कारोबार मूल्यका आधारमा शेयरमूल्य समायोजन गरेको हो। सोमबार बैंकको शयर प्रतिकित्ता ४७२ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
बैंकले माघ १६ गते बिहान ११ बजे आम्रपाली बैंक्वेटमा १९ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ । साधारण सभामा बैंकले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई १२ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।












